लायन्स क्लब अफ हेटौँडाको नेतृत्व नेपाललाई

तु खबर संवाददाता
२०७७ बैशाख १४, आईतवार ०९:५६

मकवानपुर । लायन्स क्लब अफ हेटौँडाको अध्यक्षमा राजु नेपाल सर्वसम्मत चयन भएका छन् । शनिवार भिडियो कन्फरेन्समार्फत् भएको छलफलबाट नेपाल अध्यक्षमा चयन भएका हुन् ।

वर्तमान अध्यक्ष नरेन्द्र महर्जनको अध्यक्षतामा भएको छलफलमा नेपाललाई आगामी बर्ष सन् २०२०/२०२१ को लागि नेतृत्व प्रदान गरिएको हो ।

नेपालकै चौथो लायन्स क्लबको आगामी कार्यकालको लागि प्रथम उपाध्यक्षमा माधव न्यौपाने, सचिवमा तुल्सी रिजाल र कोषाध्यक्षमा बिष्णुलाल महर्जन चयन भएका छन् ।
अध्यक्ष पदहरुको चयन बृहत बैठकबाट गरिने अध्यक्ष नेपालले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष नेपालले आगामी कार्यकालमा क्लबको गरिमा उच्च राख्न खट्ने र क्लबका सदस्यहरुलाई चलायनमान गराउन बिभिन्न सामाजिक क्रियाकलाप गरिने प्रतिवद्धता ब्यक्त गरे ।

बैठकले बिगतको बर्षमा क्लबले गरेका सामाजिक कामहरुमा साथ सहयोग दिने सम्पूर्ण महानुभाव र संघसंस्थाप्रति निर्वतमान अध्यक्ष नरेन्द्र महर्जनले आधार समेत ब्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*