लियो क्लब अफ हेटौँडा सुर्योदयको नयाँ कार्यसमिति, अध्यक्षमा पाठक

तु खबर संवाददाता
२०७८ असार ४, शुक्रबार ०८:५९

मकवानपुर । लियो क्लब अफ हेटौँडा सुर्योदय क्लासिकलको नयाँ कार्यसमिति चयन भएको छ ।

क्लबको दोस्रोे वार्षिक साधारणसभाबाट वर्ष २०२१/०२२ का लागि पारस पाठकको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

त्यस्तै, क्लबको उपाध्यक्षमा क्रमशः प्रबेश धिताल कुन्दन, सुजन ढुंगाना र रोमी सिंह ठकुरी चयन भएका छन्, ।

यसैगरी क्लबको सचिवमा सोमलाल घलान (भुवन), कोषाध्यक्षमा गंगा सापकोटा, सह–सचिवमा मनकामना पुडासैनी र सह– कोषाध्यक्षमा मन्जु क्षेत्रीलाई चयन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*