मनहरीमा जंगली हात्तीको आक्रमणबाट अटोमा क्षति

तु खबर संवाददाता
२०७६ माघ ३,शुक्रबार १०:१४

मकवानपुर, ३ माघ । मकवानपुरको मनहरी गाउँपालिका वडा नं. २ र ३ को सिमानास्थित ठाडोखोलामा बिहिबार जंगली हात्तीको आक्रमणबाट अटोमा क्षति पुगेको छ ।

हात्तीको आक्रमणबाट प्रदेश नं. ३–०३–००१  ह २३९ नम्बरको अटोमा क्षति पुगेको हो ।

हात्तीको आक्रमणबाट मानबीय क्षति भने नभएको जिल्ला प्रंहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, जंगलबाट हात्ती आएको देखेपछि अटो चालक भागेका थिए ।

जंगली हात्ती आतंकका कारण मनहरीका स्थानी विद्यालयहरुमा पठनपाठन समेत प्रभाबित बनेको छ ।

जंगलमा हात्ती देखिएपछि मध्यवर्ती उपभोक्ता समिति मनहरीले स्थानीयमा सचेत हुन सूचना जारी गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*