मकवानपुरमा मोटरसाईकलको ठक्करबाट ३ वर्षीया बालिकाको मृत्यु

तु खबर संवाददाता
२०७६ पुष २४,बिहीबार १४:४९
file photo

हेटौंडा, २४ पुस । मकवानपुरको बाग्मती गाउँपालिका–४ बुद्धचोकस्थित मोटरसाईकलले ठक्कर दिँदा एक जना बालिकाको मृत्यु भएको छ ।

बुद्धचोकस्थित सडकमा बुधबार साँझ ना ६१ प ७९१८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ३ वर्षीया बालिका अमृता थिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको चुरेहिल अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*