बिदेस जान्नै पर्ने भयो सानु (गजल)
-सुवाश लामा
एक पटकलाई म नि बिदेस जान्नै पर्ने भयो सानु
खाडी देशको तातो हावा खान्नै पर्ने भयो सानु
घर उठाउदा लाको ऋण अझै तिरी भ्याको छैन
कमाएर आफ्नो जेथा बान्नै पर्ने भयो सानु
रहर होइन बाध्यता हो हामी युवा पर्देशिनु
नियतिले घेर्दै ल्याउदा मान्नै पर्ने भयो सानु
power र tower को चलखेल हुन थाले पछि
पर्देशिन बाटो मैले छान्नै पर्ने भयो सानू
2-4 बर्ष धर्य गर्नु कमाइ फर्की आउनेछु म
बजाइ बाजा घरवेबहार धान्नै पर्ने भयो सानू
