हेटौंडा जेसिजको कार्यकारिणी उपाध्यक्षमा श्रवण बर्तौलाको उम्मेदवारी घोषणा
मकवानपुर, १७ पुस । हेटौंडा जेसिजको भोलि शुक्रबार हुने मनोनयन दर्ता र त्यसपछि हुने निर्वाचनमा कार्यकारिणी उपाध्यक्षमा श्रवणकुमार बर्तौलाले उम्मेदवार घोषणा गरेका छन् । जेसिजमा लामो अनुभव हाँसिल गरेका बर्तौलाले जेसिजको विकास र प्रगतिमा आफ्नो विवेकले भ्याएसम्म योगदान गर्ने मनसाय अनुरुप उम्मेदवारी दिने घोषणा गरिएको तु खबरलाई बताए ।
जेसिज मार्फत् युवा सदस्यहरुको उद्यमशीलता र उनीहरुको व्यत्तित्व विकासमा योगदान पुर्याउने आफ्नो उद्धेश्य रहेको उनले बताए । जेसिज भनेको युवाहरुको दह्रो सस्था भएको बताउँदै उनले आफ्नो क्षेत्रबाट युवाहरुको वृत्ति विकासमा योगदान पुर्याउने र समाजिक कामहरुमा सहभागी गराउने सोचेको बर्तौलाले बताए ।
सन् २०११ मा जेसिज सदस्य भएका बर्तौला सन् २०१५ सम्म आइपुग्दा मिडिया कोअर्डिनेटर भएका थिए । त्यसपछि उनी सन् २०१७ मा उपाध्यक्ष र त्यसपछि तालिम संयोजक भएर महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन् ।
यो पनि पढ्नुहोस
- हेटौंडा जेसीज अध्यक्षमा बानियाँको उम्मेदवारी
- हेटौंडा जेसीज उपाध्यक्षमा न्यौपानेको उमेदवारी घोषणा
- कार्यकारिणी उपाध्यक्षमा गंगा पौडेलको उमेदवारी
