कार्यकारिणी उपाध्यक्षमा गंगा पौडेलको उमेदवारी

तु खबर संवाददाता
२०७६ पुष १७, बिहीबार १३:३४

हेटौंडा, १७ पुस । सामाजिक क्षेत्रमा सेवा प्रवाह गर्दै आइरहेको हेटौंडा जेसीजको कार्यकारिणी उपाध्यक्षमा गंगा प्रसाद पौडेलले उमेदवारी घोषणा गरेका छन् ।

सन् २०११ देखि जेसीजमा लागेका पौडेलले सन् २०२० को कार्यकारिणी उपाध्यक्षमा उमेदवारी दिने घोषणा गरेका हुन् । पौडेलसँगै अन्य ४ जनाले पनि कार्यकारिणी उपाध्यक्षमा उमेदवारी दिने घोषणा गरिसकेका छन् ।

पौडेल २०१४ मा जेसीज उपाध्यक्ष, २०१७ मा कार्यसमिति सदस्यलगायतका भूमिका निर्वाह गरिसकेका छन् ।

पौडेलले जेसीजको संस्थागत मर्मलाई अगाडि बढाउने प्रतिबद्धता जाहेर गरेका छन् । उनले युवाहरुको क्षमता विकासमा लागिपर्ने बताए ।

यो पनि पढ्नुहोस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*