हेटौंडा जेसीज अध्यक्षमा बानियाँको उम्मेदवारी

तु खबर संवाददाता
२०७६ पुष १७, बिहीबार १२:५४

हेटौंडा, १७ पुस । सामाजिक क्षेत्रमा सेवा प्रवाह गर्दै आइरहेको हेटौंडा जेसीजको अध्यक्षमा युवा व्यवसायी राजदेव बानियाँले उमेदवारी घोषणा गरेका छन् ।

सन् २०१२ देखि जेसीजमा लागेका बनियाँले सन् २०२० को अध्यक्ष पदमा उमेदवारी दिएका हुन् । बानियाँसँगै अन्य २ जनाले पनि अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका छन् ।

सन् २०१२ मा जेसीजमा प्रवेश गरेका बनियाँ ३९ औं राष्ट्रिय महाधिवेशनमा उपसमिति सदस्य, २०१३ मा क्षेत्र ख संयोजक, २०१३ मै उत्कृष्ट सदस्यता पुरस्कृत, २०१४ मा अर्थ संकलन संयोजक, २०१५ मा जेसीज उपाध्यक्ष, २०१६ मा भवन निर्माण संयोजक, २०१८ मा कार्यकारीणी उपाध्यक्ष भइसकेका छन् ।

बानियाँले वार्षिक कार्यक्रमहरु उत्कृष्टताका साथ निरन्तरता दिने, जेसीआई हेटौंडाको कार्यालयलाई युथ सेन्टरको रुपमा विकास गर्ने, युवा स्वरोजगार तालिम सञ्चालन गर्ने लगायतका एजेण्डा प्रस्तुत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*