कप्तान पारस खड्काले दिए पदबाट राजीनामा

२०७६ आश्विन २८,मंगलवार १३:०७
file photo

मकवानपुर, २८ असोज । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । खड्काले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन सर्शत फुकुवा गरेको भोलिपल्ट नै पारसले यस्तो निर्णय सार्वजनिक गरेका छन् ।

पारसले आफ्नो फेसबुक पोष्टमा निलम्बन फुकुवा भएकोमा खुसी व्यक्त गर्दै नयाँ कार्यसमितिलाई नेपालको क्रिकेट, खेलाडी र सरोकारवालाको हितमा काम गर्न शुभकामना दिएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*