दुर्घटनाबाट सुनारको मृत्यु

तु खबर संवाददाता
२०७६ आश्विन २३, बिहीबार ११:३१

नवलपरासी, २३ असोज । नवलपरासीको कावासोती वडा नम्वर १६ डण्डामा गएराति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी साविक जुमुुनिया गाविस वडा नम्वर ४ का २५ बर्षीय बलिराम सुनार रहेका छन् ।

काठमाडौबाट पश्चिमका लागि छुटेकोे ना ७ ख ५८१५ नम्वरको बस र नवलपरासीको गोपीगञ्जबाट केरा लिएर नारायणगढतर्फ आउँदै गरेको लु २ च ६०७० नम्वरको बलेरो जिप एकापसमा ठोक्कीदा सुनार गम्भीर भएका थिए । दुर्घटनाबाट गम्भीर घाईते भएका सुनारको गएराती नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*