हेर्नुहोस् आजको राशिफल

२०७६ आश्विन २१,मंगलवार ०६:३४

मेष

सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रोमाञ्चक यात्रा होला ।

मिथुन

महत्त्वपूर्ण अवसर गुम्न सक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । यात्रामा मालसामान हराउन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ ।

सिंह

वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाईएला । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ ।

तुला

चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

धनु

पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

कुम्भ

अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । व्यवसायमा मन्दी आउनेछ । मनमा निरासा र शरीरमा आलस्य आउला । कार्यमा बाधा आउनेछ ।

बृष

शुभारम्भको चर्चा चल्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला ।

कर्कट

भ्रमण, खानपान तथा फेसनमा धन खर्च बढ्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सानातिना समस्यामा अल्झिनुपर्नेछ । प्रेममा मनमुटाव रहला ।

कन्या

हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

बृश्चिक

नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धार्मिक आस्था बढ्नेछ ।

मकर

लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ । पारिवार संग रमाइलो भेटघाट हुनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।

मीन

धेरै समय पछि आफन्तसङ्ग भेटघाट हुनेछ । प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*