हेटौँडामा डेंगु रोग नियंत्रण सम्बन्धी अन्तरक्रिया

तु खबर संवाददाता
२०७६ भाद्र २९,आईतवार १२:५२

मकवानपुर, २९ भदौ । हेटौँडामा डेंगु रोग नियंत्रण सम्बन्धी अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम वडा प्रहरी कार्यालय हेटौँडाको आयोजनामा सामुदाय–प्रहरी साझेदारी अन्तर्गत हेटौँँडामा शनिबार सम्पन्न भएको हो ।

कार्यक्रम वडा प्रहरी कार्यालय हेटौँडाका कार्यालय प्रमुख प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीको अध्यक्षता तथा सामुदायिक सेवा केन्द्र थानाभर्यारङका अध्यक्ष शालिकराम पुडासैनीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

३ नं. प्रदेश स्वास्थ्य निर्देशानालय हेटौँडाका निर्देशक रमेश अधिकारी, ३ नं. प्रदेश स्वास्थ्य निर्देशानालय हेटौँडा डा. अर्जुन सापकोटा, नगर स्वास्थ्य ईकाईका प्रमुख सुपेन्द्र कार्की, पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी , हेटौडा उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नविन सिग्देल, अटो व्यवसायी संघका केन्द्रिय अध्यक्ष सुधिर थापा, टोल विकास समितिका संयोजकहरु, जनप्रतिनिधि सदस्यहरुको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*