मकवानपुर गढीमा गुम्बाको प्राणप्रतिष्ठा

तु खबर संवाददाता
२०७६ असार ३,मंगलवार १४:३२

मकवानपुर ३ असार । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा रहेको टासी देक्षेन छ्योइलिङ गुम्बामा त्रिमुर्तिको प्राण प्रतिष्ठा भएको छ । गुम्बा संरक्षण समितिका अध्यक्ष प्रेम बहादुर भोम्जनको अध्यक्षतामा भएको प्राणप्रतिष्ठा कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् तीन नम्बर प्रदेश प्रतिपक्षि दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेता बानियाँले सहयोग एवम् सहकार्यको लागि सदैव तत्पर रहेको बताए ।

गुम्बामा मात्र नभई त्यस क्षेत्रको विकास निर्माण र आधारभूत आवश्यकतामा आफ्नो सहयोग रहने उनले बताए । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सहसचिव रामबाबु बानियाँ, नेपाली कांग्रेस २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटालगायत गुम्बाका प्रतिनिधिहरु र स्थानीयको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*