आगलागी पीडितलाई पूर्व गृहराज्यमन्त्री बानियाँद्वारा नगद सहयोग

तु खबर संवाददाता
२०७५ बैशाख १३, बिहीबार १९:२६

हेटौँडा, १३ बैशाख । नेपाली काँग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँद्वारा आगलागी पीडितलाई नगद सहयोग गरेका छन् ।

पूर्व गृहराज्यमन्त्री बानियाँले मनहरी गाउँपालिका वडा नम्बर १ गोगनपानीस्थित अकिल घलानको घर अचानक विद्युत सर्ट भई आगलागी भई धनजनको क्षति भएकोमा तत्काल केही राहत होस् भनि पार्टी सचिव बुद्ध लामामार्फत पीडित घलानका दाजु मनहरी १ का तरुण दल अध्यक्ष दिनेश घलानलाई नगद १० हजार सहयोग गरेका हुन् ।

घलानको घर आज विद्युत सर्ट भई आगलागी हुँदा अन्न, लत्ताकपडा, सुन र नगद गरी ३० लाख भन्दा बढीको नष्ट भएको पीडित घलानका दाजु दिनेशले जानकारी दिएका छन् । नेता बानियाँले आफ्ना कार्यकर्तालाई पीडित घलानलाई तत्काल गर्नुपर्ने राहत तथा सहयोगको लागि जुट्नसमेत निर्देशन दिएका छन् । घलानका श्रीमती, ४ छोरी र एक छोरा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*