हेटौँडामा सबै वडाका महिला स्वास्थ्य स्वयमसेविकालाई आँखा स्वास्थ्य तालिम

तु खबर संवाददाता
२०७५ बैशाख १३, बिहीबार १९:१७
तस्बिर–गुगल

हेटौँडा, १३ बैशाख । हेटौडा उपमहानगरपालिका अन्तर्गतका १९ वटै वडाका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आँखा स्वास्थ्य सम्बन्धि तालिम प्रदान गरिएको छ । हेटौँडा सामुदायिक आँखा अस्पतालको आयोजना र हेटौडा उपमहानगरपालिकाको सहयोगमा तालिम आयोजना गरिएको हो ।

हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबोल महतले महिला स्वास्थ्य स्वयंसेविकाहरुको भूमिका स्वास्थ्य क्षेत्रमा निकै महत्वपूर्ण हुने भएकोले तालिम पश्चात आ–आफ्नो कार्यक्षेत्रमा अझ कटिबद्ध भएर लाग्नेमा आफू विश्वस्त रहेको बताए । हेटौँडा उपमहानगरपालिकाका स्वास्थ्य संयोजक सुपेन्द्र कार्कीले अन्धोपन निवारणमा सानो प्रयास पनि महत्वपूर्ण हुने बताए ।

आँखाको बनावट, दृष्टि दोष, आँखामा लाग्ने विभिन्न रोग र चोटपटकको बारेमा अस्पताल प्रमुख डा. सुनिल थकाली, नेत्ररोग विशेषज्ञ डा. मलिता अमात्य, अप्थाल्मिक अफिसर सुशील कुमार सिंह र नेत्र सहायक कृष्णराज ढुड्डानाले जानकारी दिएका थिए । उक्त अवसरमा आई बैंक टेक्निशियन अमरेन्द्र कुमारले आँखाको नानी दानको विषयमा विशेष जानकारीदिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*