बालिका बलात्कार मुद्दाका दोषी आशारामलाई आजीवन जेल सजाय

तु खबर संवाददाता
२०७५ बैशाख १२, बुधबार २३:०४

काठमाडौं । स्वघोषित देवता आशारामलाई आजीवन कारावासको सजाय दिइएको छ । अर्थात उनले बाँकी जीवन जेलमा बिताउनुपर्नेछ । उनलाई यो सजाय विशेष अदालतले दिएको हो । आज नै उनलाई सन् २०१३ को बालिका बलात्कारको मुद्दामा दोषी पाइएको थियो ।

यो घटनासँग जोडिएका अन्य दुई मानिसहरुलाई २० वर्षको जेल सजाय दिइएको छ । यो फैसला र जेल सजाय दुवै जोधपुर केन्द्रिय जेलमा दिइएको थियो जहाँ आशाराम बन्दी रहेका छन् ।

आशाराम सन् २०१३ अगष्टदेखि जेलमा छन् । उनलाई आफ्नो आश्रमकी एक १६ वर्षीया किशोरीले बलात्कार गरेको आरोप लगाएकी थिइन् । उत्तर प्रदेशकी ती युवती उनको आश्रममा विद्यार्थीको रुपमा बसिरहेकी थिइन् ।

आशारामलाई ‘प्रोटेक्सन अफ चिल्ड्रेन अफ सेक्सुअल अफेन्स(पोक्सो)’ ऐन र ‘सेक्लुडेड कास्ट र ट्राइब (प्रिभेन्सन अफ एट्रोसिटी)’ ऐन अन्तर्गत सजाय तोकिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*