एमालेसँग आसावादी ३ नम्बर प्रदेश मूख्यमन्त्री पौडेल

तु खबर संवाददाता
२०७५ बैशाख १२, बुधबार १८:३१

हेटौँडा, १२ बैशाख । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नम्बर ३ को समृद्धिका विषयमा नेकपा एमालेले धेरै छलफल गर्नेमा आफु विश्वस्त रहेको बताएका छन् । नेकपा एमाले संसदीय दलको बैठकमा बोल्ने क्रममा मुख्यमन्त्री पौडेलले अरु प्रदेश भन्दा ३ नम्बर प्रदेश अगाडि रहेको भन्दै यो प्रदेशलाई अझ अगाडि बढाउन एमालेले विषेश पहल गर्नेमा आफु विश्वस्त रहेको बताएका हुन् ।

उनले प्रदेश नम्बर ३ समृद्धिको दिशामा अघि बढिसकेको बताउँदै सरकारले समृद्धिको लागि नीति तथा कार्यक्रमहरु ल्याउन लागेको दाबी गरे । उनले विभिन्न कुराहरुमा भएका तितामिठा कुराहरुलाई थाँती राख्दै अघि बढनुको विकल्प समेत नभएको बताए । एउटा पार्टी सत्तामा हुँदा सरकारमा हुने र नहुनेबिच कहिलेकाँही फराकिलो भएको महशुस समेत हुनसक्ने भए पनि सबै मिलेर अघि बढ्नु नै अहिले आवश्यकता भएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*