न्यूरेनीमा ट्रकले ठक्कर दिँदा युवक गम्भिर घाईते, अवस्था चिन्ताजनक
हेटौँडा, ११ बैशाख । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ न्यूरेनीमा एक ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक युवक गम्भिर घाईते भएका छन् ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ न्यूरेनीमा एक ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक युवक गम्भिर घाईते भएका छन् ।
न्यूरेनीमा सिमेन्ट बोक्ने ना. ७ ख. ७९५६ नम्बरको ट्रकले ना.९ प. ८२५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा हेटौँडा १ लालझाडीका २५ वर्षीय बालकृष्ण दाहाल गम्भीर घाईते भएको र अवस्था चिन्ताजनक रहेको स्थानीय सुन्दर आचार्यले जानकारी दिएका छन् । घाईतेको अहिले उपचार भइरहेको बताइएको छ ।

ट्रक चालक फरार रहेका छन् । घटनास्थलमा प्रहरी पुगिसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी दिलिपराज झाले बताएका छन् ।
