मकवानपुरका बर्तौला अनेरास्ववियु केन्द्रीय कमिटिको कार्यवाहक अध्यक्ष

तु खबर संवाददाता
२०७५ बैशाख १०, सोमबार १५:२१

काठमाडौैँ, १० बैशाख । अनेरास्ववियु केन्द्रिय कमिटीले वर्तमान उपाध्यक्ष मकवानपुरे विद्यार्थी नेता महेश बर्तौलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ ।

बर्तौलालाई अखिलले आइतबारदेखि नै लागू हुने गरी कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो । अखिल अध्यक्ष नविना लामाले आफ्नो कार्य व्यस्तताका कारण अखिललाई आवश्यक समय दिन नसक्ने अवस्था आएको जनाउँदै बर्तौलालाई कार्यवाहकको जिम्मेवारी दिएको विज्ञप्तीमार्फत जनाएकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*