पत्रकार महासंघ प्रदेश ३ मा १३ जना निर्विरोध अध्यक्षमा अधिकारी र विष्ट भिड्ने (अन्तिम नामावली सहित)
–चन्द्र घलान
मकवानपुर, ९ बैशाख । नेपाल पत्रकार महासंघको यही बैशाख २२ गते हुने प्रदेश स्तरीय चुनावमा प्रदेश ३ मा १३ जना निर्विरोध भएका छन् । आज मुख्य निर्वाचन अधिकृत नवराज शर्माद्वारा हस्ताक्षरित अन्तिम नामावली अनुसार महासचिव, उपाध्यक्ष, खुला सचिव, कोषाध्यक्ष, महिला सदस्य, दलित सदस्य, आदिवासी जनजाति सदस्य, मधेसी र अल्पसंख्यक सदस्यका लागि अन्य थप उम्मेदवारी नपरेकाले उनीहरु निर्विरोध भएका हुन् । यद्यपि घोषणा हुन भने बाँकी छ ।
२१ सदस्यीय कार्य समितिमा अन्तिम नामावली अनुसार खुला उपाध्यक्षमा यदुनाथ गौतम र महिला उपाध्यक्षमा नानीमैयाँ कार्की निर्विरोध भएका छन् । महासचिवमा मकवानपुरका कृष्ण सारु मगर निर्विरोध भएका छन् । खुला सचिवमा सुरेश प्रसाद हुमागाई र कोषाध्यक्षमा सिताराम अधिकारी निर्विरोध भएका छन् ।
त्यस्तै मधेसी सदस्यमा २ जना सदस्य हुनुपर्नेमा १ जनाको मात्र उम्मेदवारी परेको छ । मधेसी सदस्यमा कोमल चन्द्र भगत निर्विरोध भएका हुन् भने एक जना सदस्यको पद खाली नै छ । त्यस्तै दलित सदस्यमा मदन विश्वकर्मा, महिला सदस्यमा नानीमैयाँ विष्ट, जानुका न्यौपाने र सर्मिला उप्रेती तथा अल्पसंख्यक सदस्यमा बद्री नयाँघरे निर्विरोध भएका छन् । त्यस्तै आदिवासी जनजाति सदस्यमा ईश्वर कुमार जोशी र जीवन श्रेष्ठ निर्विरोध भएका छन् ।
तर अध्यक्षका लागि दुई पत्रकारहरुको घम्साघम्सी हुने देखिएको छ । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रताप विष्ट र निवर्तमान महासंघ जिल्ला उपाध्यक्ष गिरिजा अधिकारीले अध्यक्ष पदका लागि भिड्ने भएका छन् । त्यस्तै समावेशी सचिवमा नविन श्रेष्ठ र राजन वि.क.को उम्मेदवारी परेको छ । खुला सदस्य तर्फ ५ जना हुनुपर्नेमा ७ जनाको उम्मेदवारी परेको छ ।
शुक्रबार २२ जनाले उम्मेदवारी दर्ता गराएकोमा आज थप २ जनाको उम्मेदवारी परेको हो । भोलिसम्म उम्मेदवारी फिर्ता लिने समय मौखिक रुपमा तोकिएको जिल्ला अध्यक्ष हरि हुमागाईले जानकारी दिएका छन् ।
आजसम्मको अन्तिम उम्मेदवारहरुको नामावली र पद यसप्रकार छ–
क) अध्यक्ष उम्मेदवार–
१) गिरिजा प्रसाद अधिकारी (स्वतन्त्र)
२) प्रताप विष्ट (प्रेस चौतारी)
ख) खुला उपाध्यक्ष उम्मेदवार–
१) यदुनाथ गौतम (निर्विरोध)
ग) महिला उपाअध्यक्ष उम्मेदवार–
१) नानीमैयाँ कार्की (निर्विरोध)
घ) महासचिव उम्मेदवार–
१) कृष्ण सारु मगर (निर्विरोध)
ङ) खुला सचिव उम्मेदवार–
१) सुरेश प्रसाद हुमागाईँ (निर्विरोध)
च) समावेशी सचिव उम्मेदवार–
१) नविन श्रेष्ठ
२) राजन वि.क.
छ) कोषाध्यक्ष उम्मेदवार–
१) सिताराम अधिकारी (निर्विरोध)
ज) सदस्य उम्मेदवारहरु–
१) रामचन्द्र नेपाल (खुला)
२) प्रविण बराल (खुला)
३) रामकान्त पौडेल (खुला)
४) रामहरी गजुरेल (खुला)
५) युवराज पुरी (खुला)
६) रविन्द्र गौतम (खुला)
७) मनोज कुमार ढोडारी (खुला)
८) जानुका न्यौपाने (महिला) (निर्विरोध)
९)नानीमैयाँ विष्ट (महिला) (निर्विरोध)
१०) नानीमैयाँ विष्ट (महिला) (निर्विरोध)
११) मदन विश्वकर्मा (दलित) (निर्विरोध)
१२) कोमल चन्द्र भगत (मधेसी) (निर्विरोध)
१३) ईश्वर कुमार जोशी (जनजाति) (निर्विरोध)
१४) जीवन श्रेष्ठ (जनजाति) (निर्विरोध)
१५) बद्री नयाँघरे (अल्पसंख्यक) (निर्विरोध)
