जनप्रतिनिधिहरु सबैको साझा हुनुपर्छः नेता बानियाँ
हेटौंडा, ७ बैशाख/ नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले गाउँपालिकाका जनप्रतिनिधिहरुले निर्वाचित भएर आएपछि सबै जनताको साझा भएर काम गर्नुपर्ने बताएका छन् ।
नेपाली काँग्रेस भीमफेदी गाउँपालिकाको क्रियाशिल भेलामा शुक्रबार बोल्दै नेता बानियाँले निर्वाचनमा कुनै एक पार्टीको पक्षबाट निर्वाचन उठेको भएपनि निर्वाचित भैसकेकपछि सबैको साझा जनप्रतिनिधि हुने भएकाले विकास र समृद्धिमा एकपक्षीय भएर काम गरे खबरदारी गर्न अनुरोध गरे ।
काँग्रेसको नीति कहिल्यै कमजामेर नभएको बताउँदै नेता बानियाँले रणनीतिमा केही कमजोरी देखिएकाले देशैभर हार व्योहोर्नुपरेको बताउँदै काँग्रेस जहिल्यै जनताको खुशी र समृद्धिमा लागिरहने बताए ।
काँग्रेसले बाहिर रहेको मधेशी दललाई मिलाएर गणतन्त्र, संविधान र तीन चरणको निर्वाचन सफल बनाएको कुरा कसैले भुल्न नहुने बताउँदै बाम गठबन्धनले निर्वाचनमा गरेका बाचा र प्रतिबद्धता पूरा गर्छ कि गर्दैन हेर्न आम कार्यकर्तालाई आग्रह गरे ।
साविक भीमफेदी गाविस सभापति जब्बर सिं वाईबाको सभाध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथिहरु पार्टीका निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहकार भरत पराजुली, जिल्ला सदस्य भीमसेन महत, महासमिति सदस्य दीनेश उपाध्याय, क्षेत्रीय सभापति यतिराज सापकोटा, मोमलाल दोङ, क्षत्रीय सचिव ओम बस्नेत, पुरुषोत्तम ठकुरीलगायतले मन्तव्य व्यक्त गरेका थियो ।
भेलाले संजिव श्रेष्ठको संयोजकत्वमा २१ सदस्यीय भीमफेदी गाउँपालिका स्तरीय तदर्थ समिति र ३ सदस्यीय सल्लाहकारमा मोमलाल दोङ, सुवर्ण सिं लामा र शान्ता विश्वकर्मालाई चयन गरेको छ ।
