पत्रकार महासंघको प्रदेश ३ अध्यक्षमा गिरिजा अधिकारी र प्रताप विष्टको भिडन्त ( उम्मेदवारहरुको नामावली सहित)

तु खबर संवाददाता
२०७५ बैशाख ७, शुक्रबार १७:२४

मकवानपुर, ७ बैशाख । नेपाल पत्रकार महासंघको यही बैशाख २२ गते हुने प्रदेश स्तरीय चुनावमा प्रदेश ३ अध्यक्षका लागि दुई पत्रकारहरुको घम्साघम्सी हुने देखिएको छ । प्रदेश ३ को राजधानी हेटौँडामा आज भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदका लागि नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रताप विष्ट र निवर्तमान महासंघ जिल्ला उपाध्यक्ष गिरिजा अधिकारीले उम्मेदवारी दर्ता गराएका हुन् ।

नेकपा एमाले निकट प्रेस चौतारीका विष्ट प्रदेशमा निर्विरोध हुने लगभग तय भएको अवस्थामा स्वतन्त्र उम्मेदवारका रुपमा पत्रकार अधिकारी चुनौतिका रुपमा देखिएका हुन् । यस अघि पनि स्वतन्त्र उम्मेदवारी दिँदै जिल्लाको अध्यक्ष पदमा बलियो उपस्थिति जनाएका अधिकारीले अप्रत्याशित मत ल्याएर सबैको होस् उडाइदिएका थिए । तर प्रदेशको चुनावमा भने विष्टलाई ३ शिर्ष दलहरुले समर्थन गरेको अवस्थामा पनि विष्टको प्रत्याशीका रुपमा अधिकारी देखिएपछि यो चुनावमा पनि केही रोचक हुने अनुमान पत्रकारहरुले गरेका छन् ।

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको भवनमा विभिन्न पत्रकार संगठनहरुले ताला लगाईदिए पछि महासंघ भवन बाहिरै उम्मेदवारी दर्ता गरिएको थियो । ठूला ३ दलले पत्रकारिता जस्तो स्वतन्त्र पेशामा समेत राजनीतिक भागबण्डा गरी एकलौटी ढंगमा सिण्डीकेट शैली लगाई कमिटि गठन गर्ने निर्णय गरेकाले क्रान्तिकारी पत्रकार संगठन,नेपाल प्रेस सोसाईटी ,मिडिया नेपाल लगाएतका ७ वटा दलका पत्रकार संगठनहरुले तालाबन्दी गरेका हुन् । केन्द्रका साथै विभिन्न स्थानमा समेत तालाबन्दी भएपछि उम्मेदवारी दर्ता आईतबार पनि हुने भएको छ । शुक्रबार साँझ ५ बजेसम्म भएको उम्मेदवारी दर्तामा २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये समावेशी सचिव र अध्यक्ष पदमा चुनाव हुने देखिएको छ ।

शुक्रबार दर्ता भएका उम्मेदवारहरुको नामावली र पद यसप्रकार छ–
क) अध्यक्ष उम्मेदवार–
१) गिरिजा प्रसाद अधिकारी (स्वतन्त्र)
२) प्रताप विष्ट (प्रेस चौतारी)
ख) खुला उपाध्यक्ष उम्मेदवार–
१) यदुनाथ गौतम
ग) महासचिव उम्मेदवार–
१) कृष्ण सारु मगर
घ) खुला सचिव उम्मेदवार–
१) सुरेश प्रसाद हुमागाईँ
ङ) समावेशी सचिव उम्मेदवार–
१) नविन श्रेष्ठ
२) राजन वि.क.
च) कोषाध्यक्ष उम्मेदवार–
१) सिताराम अधिकारी
छ) सदस्य उम्मेदवारहरु–
१) रामचन्द्र नेपाल (खुला)
२) प्रविण बराल (खुला)
३) रामकान्त पौडेल (खुला)
४) रामहरी गजुरेल (खुला)
५) युवराज पुरी (खुला)
६) रविन्द्र गौतम (खुला)
७) जानुका न्यौपाने (महिला)
८) कोमल चन्द्र भगत (मधेसी)
९) मदन विश्वकर्मा (दलित)
१०) नानीमैयाँ कार्की (महिला)
११) बद्री नयाँघरे (अल्पसंख्यक)
१२) नानीमैयाँ विष्ट (महिला)
१३) ईश्वर कुमार जोशी (समावेशी जनजाति)
१४) जीवन श्रेष्ठ (जनजाति)

चुनावको कार्यतालिका अन्तर्गत बिहीबार नै अन्तिम नामावली समेत प्रकाशन भइसकेको छ । साथै यस अघि नै जिल्ला शाखाको अधिवेशनमा मतदान गर्ने अधिकार पाएका सबै साधारण सदस्यहरुले यो चुनावमा मतदान गर्ने अधिकार पाउने भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*