पत्रकार महासंघ मकवानपुरमा पत्रकारले नै लगाए ताला

तु खबर संवाददाता
२०७५ बैशाख ७, शुक्रबार ११:२६

मकवानपुर ७ बैसाख । नेपाल पत्रकार महासंघ मकवानपुरको कार्यालयमा ताला लगाईएको छ । लागा लगाईएपछि आसन्न नेपाल पत्रकार महासंघ ३ नम्वर प्रदेशको निर्वाचनको मनोनयन दर्ता समेत रोकिएको छ ।

क्रान्तीकारी पत्रकार संगठन,नेपाल प्रेस शोसाईटी ,मिडिया नेपाल लगाएतका ७ वठा साना दलका पत्रकार संगठनहरुले तालाबन्धी गरेका ह्ुन् ।
आसन्न २२ गते हुने निर्वाचनमा शिर्ष ३ दलका प्रतिनिधिहरुलाई मात्र प्रदेशमा लैजाले सहमती भएको र ससाना दलहरुलाई समावेश नगरीएको भन्दै मकवानपुरमा आज मनोनयन दर्ता कार्यक्रम अवरुद्ध गर्दै तालाबन्धी गरीएको प्रेस सोसाईटीका केन्द्रीय सचिवमलय सदस्य मनोज ढोडारीले जानकारी दिए ।

क्रान्तीकारी पत्रकार संगठनका केन्द्रीय सदस्य तिलक अधिकारीले ठुलादलहरुले भागबन्डा गर्दै पत्रकारीतामा समेत राजनितिक सिन्डीकेट लगाएको कारण आफुहरुले कन्द्रको निर्देशन अनुसार नै तालाबन्धी लगाईएको छ ।

मनोनयन दर्ता होला की नहोला भन्ने बिषयमा जानकारी आएको छैन् पत्रकार महासंघका अध्यक्ष सहित उम्मेदवारहरु संघ बाहिर घाममा उभीईरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*