‘मानिसको खप्पर’ बोकेर बाबाजी बजारमा, अनुसन्धान गर्न माग
मकवानपुर । भीमफेदी गाउँपालिकामा रहेको त्रिखण्डी मंदिरका पुजारीले मरेको मानिसको खप्पर लिएर हिँडिरहेको भन्दै नागरिक जागरण मंचका अध्यक्ष कृष्णराज कोइरालाले समाजिक संजाल फेसबुकमा हालेको एउटा स्टाटसले अहिले मकवानपुरमा तहल्का पिटेको छ ।

कोइराला र तरुण दल हेटौंडा नगर समिति सभापति सुनिल गिरीले संचालन गरिरहेको थर्ड आइ रिकन्डिसनमा आएका ती पुजारीलाई सो साधनबारे उनीहरुले जिज्ञासा राखेका थिए । मरेको मानिसको खप्पर भएको हो, ती पुजारीको भनाई उदृत गर्दै काइरालाले तु खबरसँग भने, मरेको मानिसको खप्पर बोकेर हिड्ने छुट उनलाई छ ?
जुनसुकै खाने कुरा सोही भाँडोमा हालेरमात्र उनले प्रयोग गर्ने गरेका छन् । उनै बाबाले मानिसको खप्पर भनिएको सोही भाँडोमा पानी हालेर पिउँदै गरेको फोटो आज बिहान सामाजिक संजालमा पोस्ट गरेका थिए ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख विकासराज खनाललाई जानकारी गराइसकेको र एसपी खनालले यस विषयमा बुझेर आवश्यक कदम चाल्ने आश्वासन दिएको कोइरालाले बताए ।
उनै बाबाले आफूलाई सो बस्तु मानिसको खप्पर भएको बताएको कोइरालाको भनाई छ । यसै घटनाको विषयमा हामीले मकवानपुर प्रहरी प्रमुख एसी विकासराज खनाललाई सोधेका थियौँ । तर, खनालले यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।
