छात्रवृत्तीमा मनोमानि भएको भन्दै मकवानपुर क्याम्पसलाई विध्यार्थी संगठनको ४८ घण्टे अल्टिमेटम
मकवानपुर ५ बैसाख । मकवानपुर बहुमुखी क्याम्पसका चार विद्यार्थी संगठनले संयुक्त रुपमा छात्राबृत्तीको फारममा एकलौटी प्रयोग गरि छात्रवृत्तिमा एकाधिकार जमाउने खोजेको भन्दै क्याम्पस प्रशासन र स्ववियुलाई ४८ घण्टे अल्टिमेट दिंंंँदै विरोध जनाएका छन् ।
नेविसंघ मकवानपुर बहुमुखी क्याम्पस ईकाई उपाध्यक्ष मिलन पुडासैनी , अनेरास्ववियु क्रान्तिकारीका क्याम्पस अध्यक्ष रामकृष्ण शिवाकोटी , रा.प्र .बि.स क्याम्पस अध्यक्ष उज्ज्वल पोखरेल नंया शक्ति विद्यार्थी यूनियनका जिल्ला अध्यक्ष धनकुमार लामा सहितले आज संयुक्त विज्ञप्ती जारी गरेका हुन् ।
विज्ञप्तीमा कलेजमा एकलौटी , आफ्नो खुशी र मनोमानी ढंगबाट छात्राबृती जस्तो संबेदनसिल फर्ममा एकलौटी निर्णय गरी छात्रवृत्तिमा एकाधिकार जमाउने र त्यसैगरी कलेज भित्रका आन्तरिक , कुराहरु ,सुचनाहरु , हिसाब विवरणमा आफ्नो खुशी गर्ने गराउने पाईएकोले यस विषयमा संगठनको घोर आपत्ति व्यक्त गरीएको विज्ञप्तीमा उल्लेख गरीएको छ ।
छात्राबृत्तीको फारममा मनोमानी छापिएको प्रती ४ संगठन पुर्ण रुपले बहिष्कार गरेको नयाँ शक्ति विध्यार्थी यूनियनका जिल्ला अध्यक्ष धनकुमार लामाले जानकारी दिए । उनले भने आफुहरुले क्याम्पस प्रशासन र स्ववियुलाई गल्ती सच्याउन ४८ घण्टे अल्टिमेटम दिएका छौं यदी प्रशासन स्ववियूले अल्टिमेटमलाई वास्ता नगरी यहि फर्म लाई कायम गरेमा आफुहरु आन्दोलनमा उत्रिन्छौं ।
