दुई बालबालिकाको डुबेर मृत्यू

तु खबर संवाददाता
२०७५ बैशाख ४, मंगलवार १८:१९
file-photo

काठमाडौं, ४ बैशाख । नवलपराशी र सिरहामा गरि दुई बालबालिकाको डुबेर मृत्यू भएको छ । नबलपरासीको बर्दघाट सुस्ता पश्चिम प्रतापपुर गाउँपालिका-८ बलरामपुर बस्ने सुनिल कोइरीको साढे २ बर्षीय छोरा अमित कोइरी मंगलबार घरबाट एक्लै खेल्दै जाने क्रममा रायपुर खोलामा डुबेर असक्त भएकोले उपचारको लागि सहिद स्मृति सामुदायिक अस्पताल चौपट्टा लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

सिराहाको सिरहा नगरपालिका-२ छोट्किटोल बस्ने राम कुचित यादबको ५ बर्षीया छोरी सोनाली यादब मंगलबार घर नजिकै रहेको पोखरीमा खेल्ने क्रममा डुबेर असक्त भएकोले उपचारको लागि जिल्ला अस्पताल सिरहा लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*