बानेश्वरमा ड्युटीमा खटिएकी प्रहरीमाथि हातपात
बानेश्वर चोकमा ड्युटीमा खटिएकी प्रहरी महिलामाथि हातपात भएको छ। प्रहरीले जनचेतना जगाउँदै जथाभावी बाटो नकाट्न र आकाशे पुलबाट मात्र बाटो काट्न भनेपछि एकजना युवकले आक्रोशित भएर ट्राफिक प्रहरीमाथि नै हातपात गरेका छन् ।
प्रहरीलाई हातपात गर्ने जुम्ला घर भएका २७ वर्षीय राज कठायत रहेको खुलेको छ। उनलाई सर्वसाधारण समेतको सहायतामा प्रहरीले तत्कालै पक्राउ गरेको छ । उनले म जेन जी हो भन्दै प्रहरी महिलामाथि हातपात गरेका थिए ।
