भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

तु खबर संवाददाता
२०८३ भाद्र ९, मंगलवार १७:०७

नेपाल सरकार, गृह मन्त्रालयले भोलि भदौ १० गते बुधबारका दिन मोहम्मद जयन्तीको अवसरमा नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मन्त्रालयद्वारा जारी सूचनाअनुसार, २०८२ फागुन १८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि बिदा दिने व्यवस्था रहेको छ।

सोही व्यवस्था र मुस्लिम आयोगबाट भदौ १० गते बुधबार मोहम्मद जयन्ती परेको जानकारी प्राप्त भएकाले भदौ १० गते नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामा विदा दिने उल्लेख छ ।