आज काठमाडौं उपत्यका सहित २० जिल्लामा बाढीको जोखिम

तु खबर संवाददाता
२०८३ श्रावण १५, शुक्रबार १०:४८
file-photo

काठमाडौं । जल तथा मौमस विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज साउन १५ गते काठमाडौं उपत्यका सहित २० जिल्लामा बाढीको मध्यम जोखिम रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज ताप्लेजुङ, संखुवासभा, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाण्डौ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा जिल्लामा बाढीको जोखिम रहेको छ ।

त्यसैगरी लमजुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, डोटी, डडेल्धुरा र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको जनाएको छ ।