बागमती प्रदेशमा ६६ अर्ब ९३ करोड रुपैयाँको बजेट प्रस्तुत्
आगामी आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारले ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ। आगामी आर्थिक वर्षमा चालु तर्फ २२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ र पुँजीगत तर्फ ४३ अर्ब ९७ करोड १४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान बापत १५ अर्ब ३१ करोड ४८ रुपैयाँ, संचित कोष बचत विविध बचत १२ अर्ब ७६ ७९ लाख रुपैयाँ प्राप्त हुने अनुमान बजेटमा गरिएको छ । उक्त बजेटको अपुग रकम अन्य संस्था तथा ऋण लगानी फिर्ताबाट पर्याप्त हुने बजेटमा अनुमान गरिएको छ ।
एकीकृत प्रादेशिक संरचना निर्माण, मुख्यमन्त्री विपन्न आवास कार्यक्रम अन्तर्गत अतिविपन्न परिवारलाई घर निर्माण, २०८३ पुस मसान्तभित्र आफ्ना सवारी पत्रु गरी दर्ता खारेज गराएमा कर छुट दिने, नवीकरण नगरेका यातायात सम्बन्धी प्रशिक्षण केन्द्र, कारखाना र वर्कसपहरूले पनि पछिल्लो अवधिको शुल्क तिरेमा अघिल्लो जरिवानामा शतप्रतिशत छुट दिने, युवा उद्यमीहरुलाई प्रोत्साहन गर्न व्यवसाय दर्ता र नवीकरण शुल्कमा ५० प्रतिशत घटाइएको छ ।
त्यस्तै स्वदेशी लगानीका उत्पादनमूलक र सूचना प्रविधि उद्योग स्थापनाका लागि जग्गा खरिद गर्दा लाग्ने रजिस्ट्रेसन शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था बजेटमा गरिएको छ । सामुहिक खेतीलगायतका कृषि क्षेत्रका लागि कसैले जग्गा खरिद गरेमा त्यसमा समेत ५० प्रतिशत रजिस्ट्रेसन शुल्कमा छुट दिइएको छ । त्यस्तै एकल महिला, नाबालक, दलित अपाड्गता भएका व्यक्ति र ७० वर्षभन्दा माथिका व्यक्तिहरुले पनि २५ प्रतिसत छुट पाउने छन् ।
आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेका हुन् ।
