समृद्ध हेटौंडाबारे बहस, पूर्वाधार विकास प्राथमिकतामा
हेटौंडामा समृद्ध हेटौंडा बारे एक दिने बहस आयोजना गरिएको छ । हेटौँडा उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले हेटौंडालाई समृद्ध बनाउनेबारे बिमर्श गरे । विभिन्न क्षेत्रका विज्ञ, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवाला सहभागी कार्यक्रम बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटाले उद्घाटन गरेका थिए ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ, प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको पहिलो सत्रमा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन सहभागी थिए । उनीहरुले स्थानीय सरकारको काम, झेल्नु परेका चुनौती बारे आआफ्ना अनुभव साझा गरेका थिए ।
