पूर्वसभामुख महरालाई एक लाख धरौटीमा छोड्न अदालतको आदेश

तु खबर संवाददाता
२०८३ जेष्ठ १८, सोमबार १८:०९

पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा छोड्न विशेष अदालतले आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले महरालाई एक लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।

भेपभित्र राखेर सुन तस्करीमा सघाएको आरोप सहितको मुद्दामा उनी पक्राउ परेका थिए । चैत २६, २०८२ मा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करीको आरोपमा उनी, उनका छोरा राहुल समेतलाई मुद्धा दर्ता गरेको थियो ।