रोल्पामा जिप दुर्घटना हुँदा २० जनाको मृत्यु

तु खबर संवाददाता
२०८३ बैशाख १७, बिहीबार २३:२७

रोल्पामा लु १ ज ४१६७ नम्बरको जिप  दुर्घटना हुँदा २० जनाको ज्यान गएको छ। थवाङ गाउँपालिका–१ जलजला क्षेत्रमा जिप करिब ८ सय मिटर तल भीरबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनास्थलमा पुगेको उद्धार टोलीले २० जनाको मृत्यु भएको पुष्टि गरेको छ।

रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार मृतक २० जनाकै शव घटनास्थलबाट भने संकलन भइसकेका छन् । भारी वर्षा भइरहेकोले मृतकको पहिचान हुन र आफन्तलाई बुझाउन बाँकी रहेको छ ।