मन्त्रिपरिषद् बैठक आज ४:३० बजे बस्दै, महत्वपूर्ण निर्णय हुने संकेत
काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न ४:३० बजे बस्ने तय भएको हो।
सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेल का अनुसार बैठकमा मन्त्रालयगत विषयहरूमा छलफल हुनुका साथै केही महत्वपूर्ण निर्णयहरू पनि हुन सक्ने अनुमान गरिएको छ।
हिजो सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सार्वजनिक गरेको सन्दर्भमा आजको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ। उक्त मस्यौदासँग सम्बन्धित विषयहरू तथा समसामयिक मुद्दाहरूमा पनि मन्त्रिपरिषद्ले निर्णय लिन सक्ने बताइएको छ।
बैठक प्रधानमन्त्री कार्यालय, सिंहदरबारमै बस्नेछ।
