आइतबार नेप्से ४७ अंकले उकालो, साढे पाँच अर्बभन्दा बढीको कारोबार
२०८२ पुष १३, आईतवार १५:३१
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ बिन्दुमा पुगेको छ ।
बजार बढेसँगै कारोबार रकम पनि उत्साहजनक देखिएको छ । आज विभिन्न क्षेत्रका ३२८ कम्पनीको सेयर किनबेच हुँदा कुल पाँच अर्ब ५३ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर अग्रस्थानमा रहँदै २७ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी मन्जुश्री फाइनान्सको २४ करोड ८९ लाख रुपैयाँ, सिनर्जी पावरको २२ करोड ७५ लाख रुपैयाँ, एसवाई प्यानल नेपालको १८ करोड ९२ लाख रुपैयाँ र शिवम् सिमेन्टको १७ करोड १३ लाख रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको छ ।
सेयर बजारमा देखिएको यस हरियालीले लगानीकर्तामा थप उत्साह थपिएको विश्लेषकहरूको भनाइ छ ।
