प्रभाकरदेव शर्माको म्युजिक भिडियो ‘धोका’ सार्वजनिक
काठमाडौं । प्रभाकरदेव शर्माको शब्द, संगीत र स्वरमा रहेको म्युजिक भिडियो धोका सार्वजनिक भएको छ । बरिष्ठ कलाकार लेखक तथा निर्देशक समेत रहेका शर्माको प्रेममा असफल प्रेमीहरुमा निम्ति यो गीत सार्वजनिक गरिएको हो । यो गीतको एरेन्ज सुयोग सोताङले गरेका छन् ।
स्याड भर्सनमा तयार गीतको शब्दमा प्रेम बिछोडका पीडाहरु ब्यक्त गरिएका छन् । शर्माले गीतमा ड्रामा पनि समेटेका छन् । गीतको आकर्षक भिडियो पनि बनेको छ । भिडियोमा एक साधारण परिवारको केटालाई प्रेम परेको दश बर्षपछि प्रेमिकाले गरिव भएको भन्दै आमाबुबाको करकापमा धोका दिएको कथा देखाइएको छ ।
भिडियोमा प्रेम जोडीको रुपमा मोडल आयुषा कार्की र सिद्धार्थ सिलवाल देखिएका छन् । मदन थापा, सुवासचन्द्र सिलवाल र सितल ठकुरीको पनि भिडियोमा अभिनय देख्न सकिन्छ । कलाकार शर्माकै निर्देशक रहेको भिडियोमा बिशाल केसी र बुलेटको छायांकन छ भने सम्पादन बिशाल केसी र दिल श्रीपालले गरेका हुन् । भिडियो हिल्स होम थेटर एन्ड प्रोडक्सनको युट्युबबाट सार्वजनिक भएको हो ।
शर्मामा यसअघि पनि थुप्रै गीत सार्वजनिक भैसकेका छन् । ‘म पागल सरी तिमीलाई माया गरिरहन्छु’, ‘कुनै मन्दिरको पुजारी जस्तो पूजा गरिरहन्छु’, ‘आज मलाई कोही नरोक’ लगायतका गीत चर्चामा रहन सफल छन् । ‘घर हाम्रो नेपाल, जात हाम्रो नेपाली’ यो चर्चित राष्ट्रिय गीतका शब्द पनि शर्माकै हो ।
