ट्यारिफको धम्कीले आठमध्ये पाँच युद्ध रोकेयो – ट्रम्प
काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोशलमा गरिएको एक पोस्ट मार्फत आफूले ट्यारिफ (शुल्क) को धम्की प्रयोग गरेर आठमध्ये पाँच सम्भावित युद्ध रोक्न सफल भएको दाबी गरेका छन्।शनिबार राति प्रकाशित पोस्टमा ट्रम्पले ट्यारिफलाई अमेरिकाको प्रमुख कूटनीतिक हतियारका रूपमा चित्रण गर्दै विश्वभरका देशहरूबाट “ट्रिलियनौँ डलर” अमेरिकाले उठाइरहेको र यसले अमेरिकी अर्थतन्त्रलाई बलियो बनाएको दाबी गरेका हुन्।उनका अनुसार, यस वर्ष मे महिनामा भारत–पाकिस्तानबीचका सैन्य तनावको बीचमा पनि अमेरिकी ट्यारिफ दबाबले युद्ध रोक्न भूमिका खेलेको थियो। यद्यपि भारतले यस्तो कुनै अमेरिकी प्रभावको पुष्टि गरेको छैन।
ट्रम्पले लेखेका छन्, “ट्यारिफको धम्कीका कारण मैले सीधै आठ युद्ध रोकेको छु—यदि उनीहरूले लडाइँ सुरु गरे भने वा जारी राखे भने परिणाम कडाइका साथ व्यहोरिनुपर्ने छ।”पूर्व राष्ट्रपति जो बाइडेनलाई लक्षित गर्दै उनले अमेरिकामा अहिले “लगभग शून्य मुद्रास्फीति” रहेको र आफ्नो शासनकालतिर फर्काउँदै देश “सबैभन्दा धनी, बलियो र सम्मानित अवस्थामा” पुगेको टिप्पणी गरे। उनले यसका कारण “नोभेम्बर ५” (आगामी अमेरिकी राष्ट्रपति चुनाव मिति) र “ट्यारिफ नीति”लाई बताए।
सीएनएन समाचारका अनुसार ट्रम्पले सेयर बजारले ९ महिनामा ४८ औँ पटक नयाँ उच्च बिन्दु छुनुलाई आफ्नो आर्थिक नीतिको प्रभावको परिणाम जनाउँदै, अमेरिकी न्याय प्रणाली र केही प्रभावशाली समूहहरूलाई आफ्नो कार्यकालमा अवरोध सिर्जना गरेको आरोप पनि लगाए।उनले अन्त्यमा भने, “विदेशी भूमिबाट हामी ट्यारिफ र लगानीको रूपमा ट्रिलियन डलर अमेरिका भित्र्याइरहेका छौँ। यही कारण—ट्यारिफ र यसको धम्की—ले धेरै युद्ध रोक्न सकेका छौँ।”
