चार जना राजदुतले दिएको राजीनामा स्वीकृत

तु खबर संवाददाता
२०८२ कार्तिक ३०, आईतवार १९:३९

काठमाडौं । सरकारले फिर्ता बोलाएपछि राजीनामा दिएका चार जना राजदुतको राजीनामा स्वीकृत भएको छ ।

जेन जी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले राजदुतबाट फिर्ता बोलाउने निर्णय गरेपछि चार जना राजदुतहरुले राजीनामा दिएका थिए । उनीहरुको राजीनामा परराष्ट्रमन्त्री समेत रेहकी कार्कीले स्वीकृत गरेकी हुन् ।

सरकारले फिर्ता बोलाउने निर्णय गरेपछि नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदुत चन्द्र घिमिरेले राजीनामा दिएका थिए । त्यसपछि अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली, कतारका रमेशचन्द्र पौडेल, मन्त्रालयका सचिव अमृतबहादुर राईसमक्ष विभिन्न मितिमा राजीनामा दिएका थिए ।

परराष्ट्र सचिवले मन्त्री कार्की समक्ष ती राजीनामा पत्रहरु पेश गरेका थिए ।