राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए तिहारको टीका

तु खबर संवाददाता
२०८२ कार्तिक ६, बिहीबार १९:५७

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरूको हातबाट तिहारको टीका लगाएका छन् । बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट साइतमै तिहारको टीका लगाएका हुन् ।

राष्ट्रपति पौडेलले बिहीबार राष्ट्रपति भवन शितलनिवासमा ११ बजेर ३९ मिनेटको शुभसाइतमा टीका लगाएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।