उद्योगमन्त्री सिन्हाद्वारा पदभार ग्रहणः पुर्ननिर्माणमा स्वदेशी उत्पादन

तु खबर संवाददाता
२०८२ आश्विन ६, सोमबार १८:०२

काठमाडौं । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले पुर्ननिर्माणमा स्वदेशी उत्पादन प्रयोग गर्ने निर्णय गरेका छन् । मन्त्रीको रुपमा आज पदभार ग्रहण गर्दै उनले पुर्ननिर्माणमा फर्निचर र निर्माण सामग्री स्वदेशी प्रयोग गर्ने निर्णय गरेका हुन् ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश सिन्हाले सहिद र घाइतेका परिवारलाई रोजगारीको प्रबन्ध गर्ने निर्णय समेत गरेका छन् । उनीद्वारा भएको यो निर्णय कार्यान्वयनमा कसरी जानेछ त्यो भने हेर्न बाँकी छ ।

सुशीला कार्की प्रधानमन्त्री भएपछि सिन्हा मन्त्री नियुक्त भएका हुन् । सर्वोच्च अदालतमा रहँदा पनि सिन्हाले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कार्कीले उनलाई मन्त्री बन्न प्रस्ताव गरेकी हुन् । कार्कीको प्रस्तावमा सिन्हा मन्त्री बन्न तयार भएका थिए ।