भारतीय विदेश सचिव मिश्री र प्रधानमन्त्री ओलीबीच शिष्टाचार भेट

तु खबर संवाददाता
२०८२ भाद्र १, आईतवार १२:१८

काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ओलीसँग भेट गरेका हुन्। भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका अधिकारी तथा नेपालका लागि भारतीय राजदूतसहितका अधिकारीहरूको उपस्थिति थियो।

सचिव मिश्रीले आजै राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गर्ने कार्यतालिका छ।

भदौ २ गते सचिव मिश्रीले पशुपतिनाथको दर्शन गरी स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।