भीमफेदी कारागारमा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८२ श्रावण ३१, शनिबार १३:२८
file-photo

हेटौंडा । मकवानपुरको भीमफेदी कारागारमा एक जना कैदी बिष्णुप्रसाद दुलालको मृत्यु भएको छ । शनिबार बिहान बेहोस भएका उनलाई उपचारको लागि अस्पताल ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

चितवन घर भएका ४३ वर्षीय दुलाल नुहाउने क्रममा कारागारमा बेहोस भएपछि उनलाई थप उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको कारागार प्रमुख सुवास पौडेलले जानकारी दिए ।

उनको पोस्टमार्टम भएको छ । पोस्टमार्टमपछि उनको मृत्युको कारण थाहा हुने प्रमुख पौडेलले बताए ।