विमल पौडेल मुख्य रजिस्ट्रार सिफारिस

तु खबर संवाददाता
२०८२ श्रावण १२, सोमबार १६:०३
तस्बिर : सर्वोच्च अदालत, नेपाल

काठमाडौँ । उमेर हदका कारण मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल अवकाशमा गएपछि रिक्त रहेको मुख्य रजिस्ट्रार पदमा न्याय सेवा आयोगले विमल पौडेललाई सिफारिस गरेको छ ।

यसअघि सर्वोच्च अदालतमै रजिस्ट्रार पदमा कार्यरत पौडेललाई मुख्य रजिस्ट्रारमा सिफारिस गरेको हो ।  सह–रजिस्ट्रार मानबहादुर कार्कीलाई रजिस्ट्रार पदमा सिफारिस गरिएको छ ।

निजामति कर्मचारी तर्फको मुख्य सचिव सरह रहने गरी सर्वोच्च अदालतमा मुख्य रजिस्ट्रार रहने व्यवस्था छ ।