सरकारको निर्देशनपछि नेपालमा टेलिग्राम एप बन्द

तु खबर संवाददाता
२०८२ श्रावण २, शुक्रबार १९:२०

काठमाडौं । नेपालमा टेलिग्राम एप बन्द गरिएको छ । नेपाल सरकारको निर्देशनपछि नेपाल दूरसंचार प्राधिकरणले नेपालमा सो एप बन्द गरेको हो । सो एप मार्फत् अनलाइन ठगी व्यापक भएको गुनासाहरु आएपछि सरकारले यस्तो निर्णय गरेको हो ।

केही समयअघि गृह मन्त्रालयमा बसेको वैठकमा प्रहरी महानिरीक्षक दीपक थापाले टेलिग्राम एपका कारण ठगीको घटनाहरु भइरहेको जानकारी दिएका थिए । पछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सो एप बन्द गर्न सरकारलाई निर्देशन दिएको थियो ।

‘सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहको बुझिन आएको उक्त टेलिग्राम एपको पहुँचमा रोक लगाउनेरबन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसंचार सेवा प्रदायकहरुलाई यसै सूचनामार्फत निर्देशन गरिएको छ ।’