पाँच हजार महँगी भत्ता उपलब्ध गराउन अर्थको निर्देशन

तु खबर संवाददाता
२०८२ श्रावण १, बिहीबार १८:४१

काठमाडौँ । अर्थ मन्त्रालयले सबै सरकारी निकायलाई परिपत्र गर्दै बिहीबारदेखि कर्मचारीको महँगी भत्ता मासिक ५ हजार पुर्याउन निर्देशन गरेको छ ।

बजेटको प्रावधान अनुसार, मन्त्रालयले कर्मचारीको महँगी भत्ता पाँच हजार पुर्‍याउन निर्देशन दिएको हो ।

आर्थिक वर्ष २०८२/ ०८३ को बजेट वक्तब्य अनुसार सबै राष्ट्रसेवकहरुका लागि साउन १ गतेबाट लागू हुने गरी महंगी भत्ता बापत मासिक ५ हजार रुपैयाँ भुक्तानीको व्यवस्था मिलाउन अर्थ मन्त्रालयले भनेको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले बजेट भाषणमार्फत् २ हजार रुपैयाँ रहेको कर्मचारीको महंगी भत्तालाई ५ हजार पुर्याएका थिए ।