श्रीलंकाविरुद्ध नेपालको फराकिलो जीत

तु खबर संवाददाता
२०८२ श्रावण १, बिहीबार १७:०९

काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत श्रीलंकासँगको आज बिहीबारको खेलमा नेपाल फराकिलो गोल अन्तरले विजयी भएको छ । बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउण्डमा भएको खेलमा नेपाल ७-० गोल अन्तरले विजयी भएको हो ।

एक आत्मघाती गोल उपहार पाएको नेपालका समिक्षा मगरले २ गोल, कुसुम खतिवडा, सरिता नाथ, पूर्णिमा राई र बिर्सना चौधरीले एक एक गोल गरेका थिए ।
यसअघि श्रीलंकासँगको पहिलो खेलमा पनि नेपाल ७-० ले बिजयी भएको थियो ।