डलरको भाउ बढ्यो, अरु मुद्राको कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको भाउ २१ पैसाले बढेर खरीददर १३१.२१ रुपैयाँ र बिक्रीदर १३७.८१ रुपैयाँ कायम भएको छ।
यता एक अष्ट्रेलियन डलरको खरीदमूल्य ८९.४५ रुपैयाँ र बिक्रीमूल्य ८९.८४ रुपैयाँ, १० जापानिज येनको खरीदमूल्य ९.२२ रुपैयाँ र बिक्रीमूल्य ९.२६ रुपैयाँ र एक कतारी रियालको खरीदमूल्य ३७.६५ रुपैयाँ र बिक्रीमूल्य ३७.८१ रुपैयाँ कायम भएको छ।
त्यसैगरी एक मलेसियन रिंगिटको खरीदभाउ ३२.३२ रुपैयाँ र बिक्रीभाउ ३२.४६ रुपैयाँ, १०० दक्षिण कोरियन वनको खरीदभाउ ९.८७ रुपैयाँ र बिक्रीभाउ ९.९१ रुपैयाँ, एक हङकङ डलरको खरीदभाउ १७.४८ रुपैयाँ र बिक्रीभाउ १७.५६ रुपैयाँ र एक कुवेती दिनारको खरीदभाउ ४४८.७५ रुपैयाँ र बिक्रीभाउ ४५०.७१ रुपैयाँ तोकिएको छ।



