बैंकिङ्ग र लघुवित्तका लगानीकर्ता मालामाल, कुनले कति कमाए ?

तु खबर संवाददाता
२०८२ असार २९, आईतवार १६:३३

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा हरियाली छाएको छ । शेयर बजार बढेसँगै बैंकिङ्ग र माइक्रोफाइनान्सका लगानीकर्ता मालामाल बनेका छन् ।

आज एनआइसी एशिया बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज एनआइसी एशिया बैंक र खानीखोला हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, जीवन विकास लघुवित्तको ९.६१ प्रतिशत, नेष्डो समृद्ध लघुवित्तको ७.३० प्रतिशत, समाज लघुवित्तको ६.५० प्रतिशत लगायतले शेयरमूल्य बढेको छ । यी बाहेकका आज १५८ वटा कम्पनीको शेयरमूल्य बृद्धि भएको छ ।

राष्ट्र बैंकले प्रकाशित गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिले गर्दा शेयर बजारमा हरियाली छाएको हो ।