राष्ट्रपति लगायतकाले उपहार लिन नपाउने प्रस्ताव

तु खबर संवाददाता
२०८२ असार २८, शनिबार १६:५३

काठमाडौं । राष्ट्रपतिसमेतका पदाधिकारीहरुले उपहार लिन नपाउने गरी ऐन बनाउने तयारी सरकारले गरेको छ । स्वार्थको द्वन्द्व सम्बन्धी विधेयकको मस्यौतामा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश लगायत सार्वजनिक पदाधिकारीले उपहार लिन नपाउनेगरी व्यवस्था गरिएको छ ।

सर्वसाधारणसँग सुझाव माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले वेबसाइटमार्फत् सार्वजनिक गरेको विधेयकको मस्यौदामा उपहार लिन नपाउने प्रस्ताव समेटिएको हो । सो मस्यौदाको प्रस्तावना अनुसार, सार्वजनिक पदाधिकारीको कार्यसम्पादन तथा जिम्मेवारीलाई निश्पक्ष, जवाफदेही तथा विश्वसनीय बनाउन र त्यस्ता पदाधिकारीप्रति जनविश्वास अभिवृद्धि गरी सदाचार र सुशासन प्रवद्र्धन गर्न स्वार्थको द्वन्द्व व्यवस्थापनका सम्बन्धमा कानूनी व्यवस्था गर्न बाञ्छनीय भएकोले यो ऐन बनाउन लागिएको उल्लेख छ ।

उपहार सम्बन्धी व्यवस्था विधेयकको दफा ५ मा छ ।

सो दफामा ‘सार्वजनिक पदाधिकारीले आफू पदमा रहँदाका बखत कसैबाट कुनै किसिमको उपहार लिनु हुँदैन, भन्ने व्यवस्था गरिएको छ ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, सबै तहका अदालतका न्यायाधीश, सांसदहरू, मुख्यमन्त्री, मन्त्री, संवैधानिक निकायका पदाधिकारी, स्थानीय तहका निर्वाचित पदाधिकारी र कर्मचारी रहने मस्यौतामा लेखिएको छ ।

त्यस्तै सो मस्यौदाको दफा ७ मा प्रतिनिधित्व गर्न नहुने सम्बन्धी व्यवस्था पनि राखिएको छ । नेपाल सरकार वा कानून बमोजिम अधिकार प्राप्त अधिकारीको अनुमति नलिई कुनै पनि सरकारी वा गैरसरकारी स्तरमा आयोजना हुने कार्यक्रम, सभा, सम्मेलन, आयोजना वा परियोजनामा सहभागी हुन नहुने उल्लेख गरिएको छ ।

सार्वजनिक पदाधिकारीले यस विपरित कार्य गरेमा जरिवाना गर्ने समेत प्रस्ताव गरिएको छ । यो मस्यौदा हुबहु पास भएमा सार्वजनिक पदाधिकारीहरुले उपहार लिन पाउने छैनन् ।

हेर्नुहोस्, मस्यौदा

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab