राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा तीन जना न्यायाधीशलाई नियुक्त गरेका छन् । न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाई कार्य सम्पन्न भएका आधारमा सोमबार तीन न्यायाधीश नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार, वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरिएको हो ।
संविधानको धारा १२९ को उपधारा ९२० बमोजिम राष्ट्रपति पौडेलले उनीहरूलाई सर्वोच्चको न्यायाधीश नियुक्त गरेका भट्टराईले जानकारी दिइन् ।



